ताप्लेजुङ गोल्डकप : चित्लाङ र पाँचथरबीच प्रतिस्पर्धा हुँदै



ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा शनिबार चित्लाङ र पाँचथरबीच प्रतिस्पर्धा हुँदै छ । शनिबार दोस्रो क्वाटरफाइनल खेलमा चित्लाङ फुटबल क्लब र छिमेकी जिल्ला पाँचथरको फिदिम स्पार्टिङ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । 

शुक्रबार भएको उद्‌घाटन खेलमा आयोजक–११ ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा भदौ १९ गतेसम्म सञ्चालन हुने खेलमा आठ वटा टिमको सहभागिता रहेको छ ।

यसैगरी आइतबार सातदोबाटो फुटबल क्लब र साविक विजेता सलहेश युवा क्लब सिराहा तथा सोमबार झापा–११ र नेपाल पुलिस क्लबबीच भिडन्त हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यस्तै भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ । टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

प्रकाशित मिति : 6:18 am

पाथीभराबारे तीन भाषामा पुस्तक प्रकाशन

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

डा. सन्दुक रुइतको उपस्थितिमा सञ्चालन हुने निःशुल्क आँखा शिविर आजबाट सुरु

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा.

ताप्लेजुङको फङफङदेन झरनामा जारी अलैँची कप : फेदाप फाइनलमा

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित फङफङदेन

दोभान–सान्थाक्रा सडक बन्द हुने

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा दोभान बजारदेखि

ताप्लेजुङमा लागूऔषधसहित युवक पक्राउ

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित