पाथिभरा बहुमुखी क्याम्पसका नौ जना विद्यार्थीलाई छात्रवृति



ताप्लेजुङ, भदौ ११ गते । ताप्लेजुङस्थित पाथिभरा बहुमुखी क्याम्पसले विभिन्न सङ्कायका उत्कृष्ट अङ्क प्राप्त गर्ने नौ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । क्याम्पसले एक कार्यक्रमको आयोजना गरी जनही पाँच हजार रुपियाँका दरले छात्रवृत्ति प्रदान गरेको हो ।

जसमा शिक्षाशास्त्र प्रथम वर्षकी मेलिना ईजम, दोस्रो वर्षकी बृटनी थेवेले र तेस्रो वर्षकी बिनु तामाङलाई छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै व्यवस्थापन तर्फ प्रथम वर्षकी दृष्टि तिवारी, दोस्रो वर्षकी जीवन सिंह राउत, र तेस्रो वर्षकी ङिमा शेर्पालाई छात्रवृत्ति प्रदान गरिएको क्याम्पस प्रमुख सजन पौडेलले बताउनुभयो । उहाँका अनुसार मानविकी सङ्काय तर्फ प्रथम वर्षका मिमसाङ तुम्याङ, दोस्रो वर्षका रोशन श्रेष्ठ तथा तेस्रो वर्षका प्रभाकिरण लिम्बूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

क्याम्पसले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति वितरण गरेको जनाएको छ । यस्तै सोही अवसरमा सामाजिक परीक्षण सार्वजनिक सुनुवाइ कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पसको शैक्षिक, आर्थिक तथा प्रशासनिक गतिविधिबारे सरोकारवालाहरूबीच छलफल गरिएको थियो ।

सहभागीहरूले क्याम्पसको समग्र विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा भावी योजनाका विषयमा सुझावसमेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : 12:41 pm

पाथीभराबारे तीन भाषामा पुस्तक प्रकाशन

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

डा. सन्दुक रुइतको उपस्थितिमा सञ्चालन हुने निःशुल्क आँखा शिविर आजबाट सुरु

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा.

ताप्लेजुङको फङफङदेन झरनामा जारी अलैँची कप : फेदाप फाइनलमा

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित फङफङदेन

दोभान–सान्थाक्रा सडक बन्द हुने

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा दोभान बजारदेखि

ताप्लेजुङमा लागूऔषधसहित युवक पक्राउ

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित