मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक



ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष हेल्लोक चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम साधारणसभा तथा अधिवेशनले हेल्लोकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सीता पिरती, मणि सेम्बू र देवानसिंह मादेन चयन हुनुभएको छ । यस्तै महासचिवमा उदय भट्टराई, सचिवमा नवराज आचार्य, कोषाध्यक्षमा लीला आँसु, सहसचिवमा लक्ष्मी चुडाल र सहकोषाध्यक्षमा केबी किराँती चयन हुनुभएको निर्वाचन समितिका संयोजक युवराज गिरीले जानकारी दिनुभयो ।

साधारणसभाले साहित्यकार चन्द्र मादेन (आन्छन्) को संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिको सदस्यमा भरतकुमार गुरुङ, डिल्लीरमण बराल, लेकाली कान्छा, काजीमान गुरुङलगायत रहनुभएको छ ।

करिब एक वर्षअघि स्थापना भएको प्रतिष्ठानको पहिलोपटक साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको अध्यक्ष हेल्लोकले बताउनुभयो । साधारणसभाको अवसरमा प्रतिष्ठानले अग्रज साहित्यकार चन्द्र मादेन (आन्छन) र समाजसेवी तथा सङ्गीतकार काजी गुरुङलाई सम्मानसमेत समेत गरिएको छ । 

प्रकाशित मिति : 5:59 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन