प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन



ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीबाट ट्रान्सक्रिप्टलगायतका प्रमाणपत्र वितरण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन पालिकाभित्रका माध्यमिक विद्यालयलाई निर्देशन दिएको छ ।

गाउँपालिकाको शिक्षा शाखाले पालिकाभित्र सञ्चालित सम्पूर्ण माध्यमिक विद्यालयलाई पत्राचार गर्दै कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीले ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल (टिएमपी) प्रमाणपत्र लिँदा प्रति विद्यार्थी अधिकतम १ हजार ५ सय रुपैयाँभन्दा बढी शुल्क नलिन आग्रह गरेको हो ।

शिक्षा शाखा प्रमुख खगेन्द्र कुमालले विद्यालयहरूलाई पत्र पठाउँदै नियमानुसार तोकिएको भन्दा बढी रकम लिएको गुनासो प्राप्त भएकाले प्रमाणपत्र वितरणमा निर्धारित शुल्कको सीमाभित्र रहन निर्देशन दिनुभएको छ । गाउँपालिकाले तोकिएको सीमाभन्दा बढी शुल्क असुल गरेको पाइएमा सम्बन्धित विद्यालयमाथि कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

विद्यार्थी तथा अभिभावकबाट प्रमाणपत्रका नाममा अतिरिक्त रकम असुल नगर्न र शुल्कसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पालिकाले विद्यालयहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : 6:27 am

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका