ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 



ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ सिद्धिडाँडामा सर्पले टोक्दा १९ वर्षीया युना मादेन लिम्बूको मृत्यु भएको हो ।

सोमबार राति करिब ९ बजे घरमा बिरालोले सर्प ल्याएपछि युनाले सर्पलाई घरबाट बाहिर फाल्ने क्रममा सर्पले अचानक टोकेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिन्देश्वर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सर्पले टोकेपछि लिम्बूले घरेलु उपचार गर्नुभएको थियो ।

तर, मङ्गलबार बिहान करिब ८ः३० बजे उहाँको मृत्यु भएको प्रहरीले जानिएको छ । सर्पले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने भए पनि घरेलु उपचारमै निर्भर हुँदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 6:46 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी