पत्रकार पन्दाक पुरस्कृत



ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाक पुरस्कृत हुनुभएको छ । पन्दाक हेमा लिम्बू (सविता) फोनिज पत्रकारिता पुरस्कार २०८३ बाट पुरस्कृत हुनुभएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङले फोनिजको २७औँ स्थापना दिवसका अवसरमा पन्दाकलाई नगद १० हजार रुपियाँ राशि सहित सम्मान पत्रका साथ पुरस्कृत गरिएको फोनिज ताप्लेजुङ अध्यक्ष दिलकुमार फेम्बूले जानकारी दिनुभयो । फोनिजका सङ्घीय सचिव तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य माला पालुङ्वा, पुरस्कार अक्षयकोषदाता हेमा लिम्बू (सविता) का प्रतिनिधि खगेन्द्र फेम्बू (लिम्बू) र फोनिज ताप्लेजुङका अध्यक्ष दिलकुमार फेम्बूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

करिब १८ वर्षदेखि पत्रकारितामा सक्रिय पन्दाक फोनिजको लेखा आयोगका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । द्वन्द्वकालीन समयमा समेत पत्रकारितामा सक्रिय पन्दाकले लामो समयदेखि आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति र पहिचानका विषयलाई पत्रकारितामार्फत उठाउँदै आउनुभएको छ ।

फक्ताङलुङ गाउँपालिका–६ लेलेप फेम्बू स्थायी घर भई हाल हङकङमा रहनुभएकी हेमा लिम्बू (सविता) ले फोनिज ताप्लेजुङमा एक लाख ५१ हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । सोही अक्षयकोषको ब्याजबाट प्राप्त रकमले हरेक वर्ष भाषा, संस्कार, संस्कृति तथा पहिचानको संरक्षणमा योगदान गर्ने पत्रकारलाई सम्मान गर्ने निर्णयअनुसार पहिलोपटक पन्दाकलाई पुरस्कृत गरिएको फोनिज ताप्लेजुङका सचिव मनु माबोले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:06 am

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा

आठराई त्रिवेणीमा सम्पन्न निःशुल्क दन्त शिविरबाट दुई सय ५६ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका