ताप्लेजुङ गोल्ड कपमा सहभागी हुने आठवटै टिमको टुङ्गो लाग्यो



ताप्लेजुङ, साउन २९ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथो संस्करणमा सहभागी हुने आठवटै टिमको टुङ्गो लागेको छ । आगामी भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुने सबै टिमको टुङ्गो लागेको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ ११ सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिष्पर्धा गर्ने भएका छन् । त्यस्तै गत वर्षको विजेता सलहेश युवा क्लब सिराह, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ ले यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ । उहाँका अनुसार प्रतिष्ठित क्लबहरू सातदोबाटो फुटबल क्लब, चित्लाङ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबलाई आमन्त्रण गरिएको छ ।

यस वर्षको प्रतियोगितामा भुटान तथा मलेसियाको क्लबलाई समेत सहभागिता गराउने आयोजकको तयारी भएपनि आर्थिक अभावका कारण पुरा हुन नसकेको अध्यक्ष मादेनको भनाइ छ । मादेनका अनुसार भुटानको क्लबलाई मैदान उतार्दा कम्तीमा छ लाख रुपियाँ भन्दा बढी रकम भुक्तानी गर्नु पर्ने भएकाले तत्कालका लागि सम्भावना नभएकाले ती क्लबलाई भित्र्याउन नसकिएको हो ।

टिमको टुङगो लागेसँगै अब तत्कालै पर्यटकीय क्षेत्रबाट यस वर्षको खेल तालिका सार्वजनिक गर्ने आयोजकको तयारी छ । गत वर्ष पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएकोमा यस वर्ष पनि पर्यटकीय क्षेत्र सिङ्जेमा ताल, स्याम्दो ताल, लोदेन, कञ्चनजङ्घा बेस क्याम्प लगायतको कुनै एक क्षेत्रबाट तालिका सार्वजनिक गर्ने गरि आयोजकले समन्वय गरिरहेको बताइएको छ ।

यस वर्षको प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई सात हजार रुपियाँ बराबरको अलैँची प्रदान गर्ने गरि फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवासँग सम्झौता भएको छ ।

प्रकाशित मिति : 5:10 pm

ताप्लेजुङमा सहुलियत दरमा चामल बिक्री सुरु

ताप्लेजुङ, साउन २९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी

ताप्लेजुङ गोल्ड कपमा सहभागी हुने आठवटै टिमको टुङ्गो लाग्यो

ताप्लेजुङ, साउन २९ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथो

ताप्लेजुङमा ९७ प्रतिशत धान रोपाइँ

ताप्लेजुङ, साउन २८ गते । ताप्लेजुङमा गत वर्षको तुलना यस

आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य सेवामा जिल्लाकै उत्कृष्ट

ताप्लेजुङ, साउन २८ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य