पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने



सौगात विष्ट
ताप्लेजुङ, साउन २२ गते ।
जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ र पाथीभरा क्षेत्र विकास समितिबीच पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गर्नका लागि सम्झौता भएको छ । बिहीबार जिल्ला हुलाक कार्यालयका निमित्त हुलाक अधिकृत हेमराज पाण्डे र पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ बिच सम्झौता भएको हो ।

निमित्त हुलाक अधिकृत पाण्डे र समितिका कार्यकारी निर्देशक हाङबाङले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको छ । यो सम्झौतासँगै अब देश तथा विदेशमा रहेका भक्तजनहरूले आफ्नो ठेगाना उपलब्ध गराई सम्पर्क गरेपछि पाथीभरा मन्दिरको प्रसाद तथा उपलब्ध धार्मिक सामग्री हुलाक सेवामार्फत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक हाङबाङले बताउनभयो ।

यस व्यवस्थाले पाथीभरा दर्शन गर्न आउन नसकेका भक्तजनलाई समेत मन्दिरको प्रसाद सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 6:20 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी