पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई



ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले आफूले पाउने मासिक पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई प्रदान गर्नु भएको छ । अध्यक्ष लिम्बूले आफ्नो मासिक ४३ हजार रुपियाँ पारिश्रमिक फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसनमार्फत अभिभावकविहीन बालबालिकालाई प्रदान गर्नुभएको हो ।

अध्यक्ष लिम्बूले आफ्नो मासिक ४३ हजार रुीपयाँ पारिश्रमिक फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसनमार्फत नियमित रूपमा जम्मा गराउँदै आउनुभएको छ । उक्त रकम आर्थिक रूपमा कमजोर बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आवश्यक खर्चमा उपयोग गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा फाउण्डेसनमार्फत अभिभावकविहीन एक विद्यार्थीको शिक्षा, आवास र खानाको व्यवस्थापन गरिएको थियो । तर ती विद्यार्थीले पछि विद्यालय छाडेपछि यस वर्षदेखि पालिकाभित्र रहेका अपाङ्गता भएका, अभिभावकविहीन, असहाय तथा अति विपन्न विद्यार्थीलाई लक्षित गरी सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ ।

“आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले मैले आफ्नो पारिश्रमिक सामाजिक सेवामा समर्पण गरेको हुँ,” अध्यक्ष लिम्बूले भन्नुभयो । आवश्यकता परे अभिभावकविहीन बालबालिकाका लागि आवास र खानाको व्यवस्थासमेत गर्न आफू तयार रहेको उहाँको भनाइ छ ।

गाउँपालिकाका सूचना अधिकारी जय रिजालका अनुसार अध्यक्ष लिम्बूले पाउने पारिश्रमिक सोझै फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसनको बैङ्क खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : 1:08 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा