तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य सुरु



ताप्लेजुङ, साउन २१ गते । तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको कार्य सुरु गरिएको छ । एक सय २८ मेगावट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य बुधबारबाट औपचारिक रुपमा सुरु गरिएको हो ।

आगामी २०८५ साल असोज २५ गतेसम्ममा आयोजनाको सम्पूर्ण कार्य पुरा गरि व्यवसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य सहित सुरुङ खन्ने कार्य औपचारिक रुपमा सुरु गरिएको स्पार्क हाईड्रोइलेक्ट्रिक कम्पनीका संस्थापक संचालक भानेन्द्र कुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच किलोमिटर लम्बाइको सुरुङ हाल प्रवेशद्वारबाट खन्ने कार्य सुरु गरिएको छ ।

२०५६ सालदेखि अध्ययन सुरु गरिएको यस आयोजनाको करिब २६ वर्षपछि २०८१ साल जेठ १० गते शिलान्यास गरिएको थियो । आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड बढी लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट चार रुपियाँ ८० पैसा र सुक्खायाममा प्रतियुनिट ८ रुपियाँ ४० पैसा निर्धारण गरिएको छ ।

आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार चार सय २३ किलोवाट घण्टा तथा सुक्खायाममा नौ करोड १६ लाख ९२ हजार आठ सय ७५ किलोवाट घण्टा हुने प्रक्षेपण गरिएको छ । यस अघि तमोर नदी र मेवाखोलाको पानीलाई संयुक्त रुपमा उपयोग गरी आयोजना निर्माणका लागि अध्ययन गरिएपनि हाल तमोर नदीको पानीलाई मात्र उपयोग गर्ने गरि निर्माणको कार्यलाई तिव्रता दिइएको लिम्बूको भनाइ छ ।

आयोजनाको प्रभावित क्षेत्रमा फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ रहेका छन् ।

प्रकाशित मिति : 12:59 pm

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा

ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको

पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन

तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य सुरु

ताप्लेजुङ, साउन २१ गते । तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ

ताप्लेजुङ गोल्ड : आयोजक टोलीबाट खेलाडी छनोट,  सबै खेलाडी जिल्ला भित्रकै 

ताप्लेजुङ, साउन २१ गते । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड