मेरिङदेनले उपचारबापत मासिक खर्च उपलब्ध गराउने 



ताप्लेजुङ, साउन २ गते । मेरिङदेन गाउँपालिकाले औषधी उपचारबापत मासिक खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, नियमित डाइलाइसिस गरिरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षाघात भएका बिरामीलाई औषधि उपचारबापत मासिक खर्च उपलब्ध गराउने भएको छ । 

“मृगौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८” बमोजिम योग्य बिरामीलाई मासिक पाँच हजार रुपियाँका दरले खर्च उपलब्ध गराइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बूले जानकारी दिनुभयो । 

यसका लागि सम्बन्धित बिरामीहरूलाई गाउँपालिकाले निवेदन पेश गर्न आग्रह गरेको छ । उपचारका क्रममा निरन्तर आर्थिक भार बेहोर्नुपरेका दीर्घरोगीलाई औषधि उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो सुविधा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम (डम्बर) ले बताउनुभयो । 

उक्त सुविधा प्राप्त गर्न सम्बन्धित बिरामी वा अभिभावकले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । निवेदनसँग विशेषज्ञ चिकित्सकबाट जारी गरिएको मृगौला प्रत्यारोपण गरेको, डाइलाइसिस गरिरहेको, क्यान्सर रोग लागेको वा मेरुदण्ड पक्षाघात भएको प्रमाणित कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने छ ।

प्रकाशित मिति : 6:22 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन