पाथीभरामा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन



ताप्लेजुङ, साउन १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक वर्षमा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन मोहनामा १० लाख ३९ हजार रुपियाँ, भदौमा ९ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ सङ्कलन भएको छ । 

माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपियाँ, फागुन ३१ लाख १० हजार रुपियाँ, चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपियाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै बैशाख महिनामा एक करोड ६ लाख २८ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । एकै महिनामा एक करोड बढी भेटी सङ्कलन भएको सम्भवत यो पहिलो रेकर्ड भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाई छ । 

यस्तै जेठ महिनामा ४६ लाख ६० हजार ६०० रुपियाँ र असार महिनामा ३२ लाख ७२ हजार ६५५ रुपियाँ भेटी सङ्कलन भएको छ ।  पाथीभरा दर्शनका लागि आउनुभएका भक्तजनहरूले मन्दिरमा चढाउनुभएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक साता सम्मको संलकन गरि फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ ।

कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरि समितिले व्यवस्थापन गरेको छ । समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षमा २ लाख ५२ हजार ७८ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । गत साउन महिनादेखि असार महिनासम्ममा उक्त सङ्ख्यामा भक्तजन पाथीभरा मन्दिर पुगेका हुन् । 

प्रकाशित मिति : 6:18 am

पाथीभरामा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, साउन १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष