मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान



ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा भकारो सुधार कार्यक्रम सञ्चालन गर्दै किसानलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने भएको छ। गाउँपालिकाले गाईबस्तुको मलमूत्रमा रहेको खाद्यतत्त्व संरक्षण गर्दै गुणस्तरीय प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान उपलब्ध गराउने भएको हो ।

उक्त अनुदानबाट प्राङ्गारिक खेती प्रवर्द्धन हुनुका साथै कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम (डम्बर) ले बताउनुभयो । उहाँका अनुसार अनुदान अन्तरगत किसानले गोठ तथा भकारो सुधार, काउम्याट खरिद, गहुँत सङ्कलन प्रणाली व्यवस्थापनलगायतका कार्यमा अनुदान प्राप्त गर्न सक्नेछन् ।

अनुदान लिन पशुका लागि पानी र गहुँत नचुहिने गरी गोठ निर्माण गरिएको, गहुँत सङ्कलन ट्याङ्कीको व्यवस्था भएको तथा भकारोको मलखाद राख्ने खाडललाई घाम र वर्षाबाट जोगाउन छानो बनाइएको हुनुपर्नेछ । यस्तै, लाभग्राहीसँग कम्तीमा एक माउ गाई वा भैंसी, १० माउ बाख्रा वा पाँच माउ बङ्गुर हुनुपर्ने छ ।

यस कार्यक्रमले किसानलाई आधुनिक तथा व्यवस्थित पशुपालनतर्फ आकर्षित गर्नुका साथै प्राङ्गारिक खेतीको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 6:09 am

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज

सिरिजङ्गा गाउँपालिकाद्वारा उत्कृष्ट कृषक, शिक्षक, कर्मचारीसहित ४८ जना सम्मानित

ताप्लेजुङ, असार २८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आर्थिक वर्ष