मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने



ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा, चुरोट तथा सुर्तिजन्य सामग्रीको ओसारपसार र बिक्री बितरण गर्न नपाउने भएको छ । गाउँपालिकाले बालबालिका सम्बन्धी बनाएको नियमावलीले यस्तो प्रावधान गरेको हो ।

तयार भएको नियमावली राजपत्रमा प्रकाशित गरी पालिकाले कार्यान्वयनमा ल्याइसकेको छ । बालबालिकाको हकहित र सम्मानसँगै बालबालिकाको बचावट, संरक्षण, विकास र सहभागिता सहितका सर्वोत्तम हितलाई ध्यान राखी नियमावली बनाइएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।

नियमावली अनुसार पालिका क्षेत्रका कुनैपनि विद्यालयको दुईसय मिटर दूरीभित्र बिक्री बितरण र उपभोग गर्न प्रतिबन्ध गरिएको छ । बालबालिकालाई अश्लिल साहित्यसँग सम्बन्धित विषय वा चलचित्र सहित मदिरा, चुरोट र सुर्तिजन्य पदार्थका सामग्रीको प्रचारप्रसारमा प्रयोग गर्न पाइने छैन ।

प्रकाशित मिति : 7:01 am

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन