सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित



ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष पुर्कुटीलाई सम्मान गरेको छ । गाउँपालिकाको १९औँ गाउँसभाको दोस्रो बैठकले नगद ४० हजार रुपियाँसहित कदर पत्रका साथ पत्रकार पुर्कुटीलाई सम्मान गरेको हो ।

पुर्कुटीले पत्रकारिता क्षेत्रमार्फत गाउँपालिकाको स्थानीय शासन, विकास, सुशासन तथा जनसरोकारका विषयलाई निरन्तर उजागर गर्दै समाजमा सकारात्मक योगदान पु¥याएको कदरस्वरूप सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष डा। चित्र माबोले बताउनुभयो । पुर्कुटी नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका उपाध्यक्ष साथै राष्ट्रिय समाचार समितिका ताप्लेजुङ सम्वाददाता पनि हुनुहुन्छ ।

सम्मान पछि पुर्कुटीले यो सम्मान व्यक्तिगत उपलब्धि भन्दा पनि समग्र पत्रकारिता क्षेत्रको सम्मान भएको बताउनुभयो । उहाँले यसले निष्पक्ष, उत्तरदायी र व्यावसायिक पत्रकारिताप्रति थप ऊर्जा, उत्साह र प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : 8:42 pm

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन