फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने



ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम गर्ने भएको छ । जनताको चासो, गुनासो तथा सुझाव सङ्कलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको हो । 

आगामी असार १९ गते बिहान ११ बजेदेखि उद्योग वाणिज्य सङ्घको सभाहल सञ्चालन गर्ने सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले गर्ने भएको छ ।  सार्वजनिक सुनुवाइमा फुङलिङ नगरपालिका–१ देखि ८ वडा सम्मका नागरिकको सहभागिता रहने नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो । 

कार्यक्रममा स्थानीयवासीले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, सार्वजनिक सेवा तथा अन्य सरोकारका विषयमा आफ्ना जिज्ञासा, गुनासा र सुझाव प्रत्यक्ष रूपमा राख्न सक्ने व्यवस्था गरिएको छ । कार्यक्रममा फुङलिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण, पूर्वाधार विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न सरकारी कार्यालयका प्रतिनिधि जवाफदेही पक्षका रूपमा सहभागी हुनेछन् । 

नगरपालिकाले सम्बन्धित सबै सरोकारवाला निकाय तथा फुङलिङ नगरपालिका–१ देखि ८ वडाका सम्पूर्ण नागरिकलाई कार्यक्रममा उपस्थित भई आफ्ना धारणा, सुझाव र गुनासा राख्न हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मिति : 7:30 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी