फुङलिङ नगरपालिकाद्वारा आधिकारिक लोगो छनोट 



ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो आधिकारिक प्रतीक चिन्ह (लोगो) छनोट गरेको छ । लोगो निर्माणका लागि आह्वान गरिएको प्रस्तावमध्ये मूल्याङ्कन तथा छनोट सिफारिस समितिको सिफारिसका आधारमा उत्कृष्ट लोगो छनोट गरिएको हो । 

फुङलिङ नगरपालिका–६ निवासी हर्कराज गुरुङले तयार पार्नुभएको लोगो अन्तिम छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत महोहनलाल पनेरुले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त लोगो अब फुङलिङ नगरपालिकाको आधिकारिक प्रतीक चिन्हका रूपमा प्रयोग गरिने छ। लोगोमा फुङलिङ नगरपालिकाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्किने विभिन्न प्रतीक समेटिएका छन् । 

नगरपालिकाले यस लोगोले स्थानीय पहिचान, प्राकृतिक सम्पदा र समृद्धिको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ । साथै, लोगो निर्माणकर्तालाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बैङ्क खाता विवरणसहित नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । 

नगरपालिकाका अनुसार २०८३ असार ४ गते प्रकाशित सूचनाअनुसार प्राप्त लोगोहरूलाई मूल्याङ्कन गरी समितिले उत्कृष्ट तीन वटा लोगो सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नगर कार्यपालिकाको गत असार ९ गते बसेको बैठकले लोगो छनोट गरेको हो । 

प्रकाशित मिति : 6:59 pm

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा

आठराई त्रिवेणीमा सम्पन्न निःशुल्क दन्त शिविरबाट दुई सय ५६ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका