पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित



ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरबाट ६ सय ८७ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । गाउँपालिकाले वडा नं. २ बाहेक अन्य पाँच वडामा पुगेर सामाजिक सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सेवा प्रवाह गरेको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ सुब्बाका अनुसार साउन ६ देखि १२ गतेसम्म सञ्चालन गरिएको शिविरमा ४ सय ५२ जनाले सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा प्राप्त गरेका छन् भने ६० वर्षमाथिका २ सय ३५ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

शिविर अन्तर्गत वडा नं. १ नाङखोल्याङमा १ सय २२ जनाले सामाजिक सुरक्षा भत्ता सेवा र ६४ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन् । वडा नं. ३ तिरिङ्गेमा ८७ जनाले सामाजिक सुरक्षा सेवा तथा ३९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यसैगरी वडा नं. ४ डुम्रिसेमा ७१ जनाले सामाजिक सुरक्षा सेवा र ४२ जनाले स्वास्थ्य परीक्षण, वडा नं. ५ चाक्सिबोटेमा ४७ जनाले सामाजिक सुरक्षा सेवा तथा २८ जनाले स्वास्थ्य परीक्षण र वडा नं. ६ थुम्बेदिनमा १ सय २५ जनाले सामाजिक सुरक्षा सेवा तथा ६२ जनाले स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् ।

गाउँपालिकाले साउन ६ गते वडा नं. १, ७ गते वडा नं. ३, ८ गते वडा नं. ४, ११ गते वडा नं. ५ र १२ गते वडा नं. ६ मा शिविर सञ्चालन गरेको हो । दुर्गम बस्तीका नागरिकलाई गाउँपालिकाको केन्द्रसम्म धाउनुपर्ने बाध्यता हटाउँदै स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिँदै आएको पालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो । 

प्रकाशित मिति : 7:25 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा