फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण



ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको चारपाटे क्षेत्रमा गौतम बुद्धको प्रतिमा स्थापना गरी औपचारिक रूपमा अनावरण गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि प्रतिमाको अनावरण कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामले गर्नुभएको हो ।

कोशी प्रदेश सरकारको २० लाख रुपियाँ लगानीमा स्थानीय उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएको फुङलिङ नगरपालिका–८ का वडा अध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकराज गुरुङका अनुसार बौद्ध धार्मिक परम्पराअनुसार विशेष पूजा, प्रार्थना तथा धार्मिक अनुष्ठान सम्पन्न गरेपछि प्रतिमाको अनावरण गरिएको हो । 

प्रतिमा अनावरण अघि १०८ वटा दीप प्रज्वलन गरी चारपाटेमा रहेको ऐतिहासिक ठूलो ढुङ्गाको परिक्रमा गरिएको थियो । अनावरण समारोहलाई सम्बोधन गर्नुहुँदै कोशी प्रदेशसभा सदस्य हाङगामले चारपाटे क्षेत्र धार्मिक आस्थाका साथै पर्यटन प्रवर्द्धनको दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउनुभयो । 

स्थानीयवासी छविरमण गुरुङका अनुसार चारपाटे क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट आसपासका हिमाली तथा पहाडी दृश्य सहज रूपमा अवलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ । 

प्रतिमा अनावरण कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य निर्मला तावा, जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्णप्रसाद लिङखिम, फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, जातीय तथा धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, आमा समूहका पदाधिकारी, स्थानीय अगुवा तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 5:48 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर