नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन



ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१-०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२-०८३ मा झण्डै दोब्बर राजश्व सङ्कलन गरेको हो ।

नापी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२-०८३ मा ५५ लाख ८७ हजार छ रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१-०८२ मा २८ लाख ४६ हजार ८२५ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालय तथ्याङ्कमा उल्लेख छ । नापी अधिकृत श्रेष्ठका अनुसार गत आवमा भन्दा भर्खर सम्पन्न भएको आवमा २७ लाख ४० हजार बढी राजश्व सङ्कलन भएको छ ।

यस्तै कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-०८१ को तुलनामा गत आवमा तेब्बर बढी राजश्व सङ्कलन भएको छ । आव ०८०-०८१ मा १६ लाख ५४ हजार ८३७ रुपियाँ मात्र राजश्व सङ्कलन भएको थियो । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार राजश्व सङ्कलनको अवस्था हरेक वर्ष दुई गुणाले वृद्धि भइरहेको छ ।

कार्यालयमा फिल्ड रेखाङ्कन, नक्सा विक्री लगायतको कार्यका लागि सेवाग्राहीको चाप बढी भएकाले राजश्व समेत हरेक वर्ष वृद्धि भइरहेको नापी अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत आव २०८२-०८३ मा फिल्ड रेखाङ्कनबाट ५० लाख ९० हजार १४५ रुपियाँ, नक्सा बिक्रीबाट चार लाख ८८ हजार ६४१ रुपियाँ राजश्व सङ्कलन भएको थियो । त्यस्तै क्षेत्रीय किताब उतारबाट पाँच हजार ७२० रुपियाँ र कित्ता एकीकरणबाट दुई हजार ५०० रुपियाँ राजश्व उठेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 6:03 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश