ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न



सौगात विष्ट

ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयले फेरि भेटौँला कार्यक्रम सम्पन्न गरेको छ । फुङलिङ नगरपालिका–४ स्थित लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयले दुर्गादल गुल्म ताप्लेजुङका गुल्मपति सेनानी उमेश खड्काका लागि फेरी भेटौँला कार्यक्रम सम्पन्न गरेको हो ।

सेनानी खड्काको सरुवा भएको छ । सेनानी खड्कालाई बिदाई गर्दै फेरि भेटौँला कार्यक्रमको आयोजना गरिएको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक युवराज गिरीले जानकारी दिनुभयो । यो सँगै सोही कार्यक्रमका बिच जिल्लामा आउनुभएका नयाँ सेनानी कुतार्थ शमशेर जबरालाई स्वागत पनि गरिएको छ ।

सेनानी खड्काले जिल्लामा रहेर उहाँको कार्यकालमा पु¥याउनु भएको योगदानको प्रशंसा गर्दै ढाका टोपी र जिल्लाको ९ वटै स्थानीय तहको पर्यटकीय क्षेत्र समेटिएको मायाको चिनो प्रदान गरिएको छ । साथै, नयाँ गुल्मपति सेनानी जबरालाई स्वागत गर्नुहुँदै प्रधानाध्यापक गिरीले कार्यकाल सफल र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै आगामी दिनमा विद्यालयले जिल्लामा सञ्चालन गर्ने बिभिन्न कार्यक्रममा गुल्म सँग सहकार्य गर्दै जाने उहाँको भनाई छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष किर्तिमान मादेन, पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ, ताप्लेजुङ पाँचथर औषधि व्यावसायी सङ्घका अध्यक्ष सुन्दर मोहन शाक्य, फेकोपन अध्यक्ष सुरज ओझा भाषा संस्कृति सङ्घका अध्यक्ष श्रेष्ठ, प्याब्सनका पदाधिकारीहरू साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 7:04 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा