घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम



ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत एक वर्षमा दुई सय बढीले रोजगारीका लागि तालिम पाएका छन् । आर्थिक वर्ष २०८२–८३ मा घरेलु तथा साना उद्योग कार्यालयमार्फत दुई सय ३६ जनाले रोजगारीका लागि तालिम पाएका हुन् । 

जसमा एक सय ४० जना पुरुष र ९६ महिला रहेको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईले जानकारी दिनुभयो  । उहाँका अनुसार उक्त अवधिमा ३१ पुरुष र २९ महिला गरी जम्मा ६० जना नयाँ उद्यमी बनेका छन् । 

कार्यालयले आव २०८२–८३ मा ग्राफिक डिजाइन, वेभ डेभलपमेन्ट, ब्युटी पार्लर, ट्रयाक सुट सिलाई, एडभान्स सिलाई कटाई र वरिष्ठता तालिम एक–एक वटा तथा उद्यमशीलता विकास तालिम दुईवटा सञ्चालन गरेको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख तथा उद्योग अधिकृत लक्ष्मी सुहाङले बताउनुभयो । उहाँका अनुसार उक्त अवधिमा १७ लाख ५२ हजार ६ सय ७ रुपियाँ राजश्व सङ्कलन भएको छ ।

जसमा रजिष्ट्रेशन शुल्क वापत १६ लाख ९४ हजार ४०७ रुपियाँ र अन्य प्रशासनिक सेवा शुल्क वापत ५८ हजार २०० रुपियाँ सङ्कलन गरेको छ । यस्तै ५९ वटा निजी फर्म र एक कम्पनी गरी ६० वटा उद्योग दर्ता भएको छ । 

प्रकाशित मिति : 6:21 am

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी