भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन



ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार करोड १९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८२–८३ को साउनदेखि असार मसान्तसम्ममा कुल चार लाख १९ हजार ६० हजार ८२५ रुपियाँ राजस्व सङ्कलन गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा गत आर्थिक वर्ष २०८२–८३ मा ४७ लाख २१ हजार ३८८ रुपियाँ बढी राजश्व सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अधिकारी निर्मल शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा तीन करोड ७२ लाख ३९ हजार ४३४ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ।

कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा राजश्व सङ्कलनको दर बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०८०–८१ मा दुई करोड ७९ लाख ८ हजार ३७१ रुपियाँ सङ्कलन हुँदा गत आर्थिक वर्षमा झण्डै दोब्बर राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

सूचना अधिकारी शेर्पाका अनुसार गत आर्थिक वर्षमा रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि गरी दुई करोड ३० लाख १८ हजार ५१ रुपियाँ र पूँजीगततर्फ एक करोड ८९ लाख ४२ हजार ७७४ रुपियाँ गरी कुल चार करोड १९ लाख ६० हजार ८२५ रुपियाँ राजस्व सङ्कलन भएको हो । जिल्लाको अधिकांश पालिकाले जग्गाको वर्गीकरण सम्पन्न गरेकाले विगतको तुलनामा बढी राजस्व सङ्कलन भएको कार्यालयको भनाइ छ।

उहाँका अनुसार गत आर्थिक वर्षको सबैभन्दा बढी असारमा ७० लाख ९८ हजार ५३६ रुपियाँ र सबैभन्दा कम कात्तिकमा १२ लाख ४५ हजार १३ रुपियाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै, साउनमा १६ लाख ४१ हजार ४३२, भदौमा १४ लाख ७१ हजार ३७७, असोजमा २४ लाख ४१ हजार ५०३ रुपियाँ राजश्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कअनुसार मङ्सिरमा ४२ लाख ४६ हजार ८०७ रुपियाँ, पुसमा ४२ लाख ९१ हजार २१०, माघमा ४८ लाख ९७ हजार ४२२, फागुनमा १९ लाख ५० हजार ३२३ र चैतमा ५१ लाख २ हजार १०५ रुपियाँ सङ्कलन भएको पाइएको छ । यस्तै, ४९ लाख २१ हजार ७६८ रुपियाँ वैशाखमा र २६ लाख १३ हजार ३२९ रुपियाँ जेठमा राजस्व जम्मा भएको शेर्पाले जानकारी दिनुभयो ।

संकलित राजश्वमध्ये पूँजीगत तर्फको शतप्रतिशत सङ्घीय सरकारसमक्ष र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपिबाट जम्मा भएको राजश्वको ६० प्रतिशत सम्बन्धित स्थानीय तहमा र बाँकी रहेको ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा रजिष्ट्रेशन दस्तुरबाट दुई करोड २१ लाख १७ हजार ४९४, न्यायिक सेवाबाट ६ लाख ७४ हजार ९५७ रुपियाँ, मोठ–रोक्काबाट १० लाख ४४ हजार र प्रतिलिपि प्रदानबाट एक लाख २१ हजार २०० रुपियाँ राजश्व जम्मा भएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : 5:43 pm

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी