ताप्लेजुङमा बढ्यो धान रोपाइँ



ताप्लेजुङ, असार १६ गते । ताप्लेजुङमा यस वर्ष धान रोपाइँ वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ वृद्धि भएको हो ।

गत वर्षको यही अवधिमा १७.८५ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको हालसम्ममा करिब २५ प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा भएकाले धेरै रोपाइ हुन सफल भएको हो । विगतका केही वर्षको तुलनामा यस वर्ष समय अगावै वर्षा भएकाले रोपाइँँ पनि धेरै भएको केन्द्रका निमित्त कार्यालय प्रमुख कृषि प्रसार अधिकृत विजय श्रेष्ठले बताउनुभयो । गत वर्ष समयमै वर्षा नहुँदा कृषकले समयमै धान रोप्न पाएका थिएनन् । जसका कारण कम मात्रामा धान रोपाइँ भएको केन्द्रले जनाएको छ ।

यसैबीच राष्ट्रिय कृषक समुह महासङ्घ नेपालले ताप्लेजुङमा २३ औँ धान दिवस मनाएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङ र फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा धान दिवस मनाएको हो ।

फुङलिङ नगरपालिकास्थित दोखु क्षेत्रको लक्ष्मीटारमा धान दिवस मनाइएको महासङ्घका अध्यक्ष कृष्णकुमार बस्नेतले बताउनुभयो । दिवसमा स्थानीय कृषकसहित फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं विभिन्न राजनीतिक दलका प्रमुखहरू, कार्यलयका प्रमुखहरूको उपस्थिति रहेको थियो । उपस्थित सबैले धान रोपेर धान दिवस मनाएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : 6:17 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित