मेरिङदेन गाउँपालिकाको बजेट ४७ करोड ४२ लाख, पालिकासम्म कालोपत्रे सडक पुर्‍याउने प्राथमिकता



ताप्लेजुङ, असार ९ गते । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम (डम्बर) को अनुमतिमा उपाध्यक्ष दुर्गा चोङबाङले गाउँसभाको १९औँ बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष चोङ्बाङद्धारा गाउँसभामा प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३३ करोड ७७ लाख ९० हजार ७४३ रुपैयाँ र पूँजीगततर्फ १३ करोड ६४ लाख ३४ हजार १४० रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले प्रत्येक वडालाई चालु खर्चका लागि ४ लाख रुपैयाँका दरले बजेट छुट्याएको छ। यस्तै, पूँजीगततर्फ प्रत्येक वडालाई न्यूनतम ६५ लाख रुपैयाँ सुनिश्चित गर्दै सूत्रमा आधारित थप रकमसहित कुल ४ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको जनाएको छ।

“मेरिङदेनको पहिचानः समृद्धिको अभियान” भन्ने मूल नारासहित ल्याइएको बजेटले पूर्वाधार विकास, सडक विस्तार तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र मेरिङदेन–३ दोभान बजारदेखि गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने लक्ष्य अघि सारेको छ। उक्त सडकलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको छ।

उपाध्यक्ष चोङ्बाङका अनुसार दोभान–गाउँपालिका सडकखण्डमा क्रमिक रूपमा बजेट विनियोजन गरी आगामी आवभित्र कालोपत्रे सम्पन्न गरिनेछ। साथै उक्त सडक सञ्जाललाई मेरिङदेन–६ नाल्बुसम्म विस्तार गर्दै कालोपत्रे गर्ने दीर्घकालीन रणनीति समेत तय गरिएको छ।

बजेट प्रस्तुत गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष चोङ्बाङले नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा जनप्रतिनिधि, विकास साझेदार, बुद्धिजीवी, कृषक, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी, उद्यमी, श्रमिक तथा देश–विदेशमा रहेका पालिकावासीबाट प्राप्त सुझावलाई समेटिएको जानकारी दिनुभयो।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकाससँगै आर्थिक तथा सामाजिक क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिँदै बजेट कार्यान्वयनमा सबै सरोकारवालाको सहयोग र सहभागिताको अपेक्षा गरेको छ ।

प्रकाशित मिति : 10:18 pm

पाथीभराबारे तीन भाषामा पुस्तक प्रकाशन

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

डा. सन्दुक रुइतको उपस्थितिमा सञ्चालन हुने निःशुल्क आँखा शिविर आजबाट सुरु

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा.

ताप्लेजुङको फङफङदेन झरनामा जारी अलैँची कप : फेदाप फाइनलमा

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित फङफङदेन

दोभान–सान्थाक्रा सडक बन्द हुने

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा दोभान बजारदेखि

ताप्लेजुङमा लागूऔषधसहित युवक पक्राउ

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित