पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू



ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिको अध्यक्षमा सुरेश लिम्बू चयन हुनुभएको छ ।

समितिको साधारणसभा गत गत जेठ २९ गते आयोजना गरिएको थियो । सो दिन आवश्यक बहुमत सदस्य उपस्थित हुन नसकेपछि सभा दोस्रो चरणका लागि स्थगित गरिएको थियो । कार्यसमितिले तय गरेको कार्यतालिका अनुसार सम्पन्न दोस्रो चरणको सभाबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो ।

समितिले संगठनात्मक संरचनामा वरिष्ठ उपाध्यक्ष र सहकोषाध्यक्ष पदसमेत थप गरेको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण थापा चयन हुनुभएको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहनुभएका थापा यसअघि समितिको उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । उपाध्यक्षमा शान्ति मादेन चयन हुनुभएको छ । उहाँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहनुभएको छ ।

त्यसैगरी सचिवमा लक्ष्मीप्रसाद काफ्ले, कोषाध्यक्षमा मात्रिकाप्रसाद नेपाल र सहसचिवमा दिनेश खवास पुनः चयन हुनुभएको छ । नवगठित संरचनाअनुसार सहकोषाध्यक्षको जिम्मेवारी तेजबहादुर खत्री भट्टराईले पाउनुभएको छ ।

निर्वाचन प्रक्रिया सञ्चालनका लागि समिति सदस्य आनन्द गौतमको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्षसमेत रहनुभएका गौतमले विधानले प्रदान गरेको अधिकार प्रयोग गर्दै नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढाइएको र सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिनुभयो ।

नागरिकस्तरबाट पाथीभरा क्षेत्रको संरक्षण र विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको यो संस्था २०४८ सालदेखि सक्रिय रहँदै आएको छ। समितिले पाथीभरा क्षेत्रको धार्मिक, पर्यटन तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्दै यसको समग्र विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रकाशित मिति : 6:30 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी