कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा एग्रोभेट तथा विषादी व्यवसायीसँग अन्तरक्रिया



ताप्लेजुङ, असार ९ गते ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङले जिल्लामा सञ्चालित एग्रोभेट तथा विषादी व्यवसायी, सहकारी सञ्चालकहरूसँग अन्तरक्रिया गरेको छ । कृषिमा प्रयोग हुने विषादी तथा कृषि सामग्रीको सुरक्षित, प्रभावकारी र कानुनी व्यवस्थापनका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो । 
 
गोष्ठीमा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका एग्रोभेट व्यवसायी तथा विषादी बिक्रेता, सहकारी सञ्चालक लगायतको सहभागिता रहेको कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी तथा बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार विषादीको बिक्री वितरण, भण्डारण, प्रयोग तथा दर्ता प्रक्रियाका विषयमा जानकारी दिइएको केन्द्रले जनाएको छ । 

विषादीको सुरक्षित प्रयोग, खाली बट्टा तथा प्याकेटको उचित व्यवस्थापन, दर्ता भएका विषादी मात्र बिक्री वितरण गर्नुपर्ने तथा किसानलाई सही परामर्श दिनुपर्ने विषयमा जोड  केन्द्रका निमित्त कार्यालय प्रमुख कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिनुभयो ।  कार्यक्रमले व्यवसायी र सरकारी निकायबीच समन्वय बढाउनुका साथै कृषिमा प्रयोग हुने विषादीको सुरक्षित व्यवस्थापन र गुणस्तरीय कृषि सामग्रीको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं, कृषि आधुनिकीकारण कार्यक्रमका प्रमुख तारा बराल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 6:24 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी