ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै



ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार आगामी आर्थिक बर्ष २०८२-८३ का बजेट ल्याउने भएका छन् । मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाले बजेट ल्याउने भएका हुन् । 

नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेर सभाबाट पारित समेत गरिसकेको मैवाखोला गाउँपालिकाले मङ्गलवार आगामी आवका लागि बजेट प्रस्तुत गर्ने भएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमले नीति तथा कार्यक्रम सभाबाट पारित भइसकेको बताउँदै पालिका अब बजेट ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । 

सिरिजङ्गा गाउँपालिकाले सोमबार नीति तथा कार्यक्रम सभामा पेश गरेको छ । नीति तथा कार्यक्रम पारित गरेर सिरिजङ्गाले मङ्गलवार सभामा बजेट प्रस्तुत गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले जानकारी दिनुभयो । मेरिङदेन गाउँपालिकाले मङ्गलवार नै नीति, कार्यक्रम र बजेट सभामा प्रस्तुत गर्ने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदुर अधिकारीले नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 

एक नगरपालिका र आठ गाउँपालिका गरि जम्मा नौ स्थानीय तह मध्ये सिदिङ्वा गाउँपालिकाले भने आगामी आवको नीति, कार्यक्रम र बजेट सभामा प्रस्तुत गरिसकेको छ । सिदिङ्वाले आइतबार १९ औँ गाउँसभा अधिवेशनमा आगामी आवको नीति, कार्यक्रम र बजेट पेश गरिसकेको छ ।

बाँकी फुङलिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाले भने बुधबार नीति, कार्यक्रम र बजेट सभामा पेश गर्ने कार्यसूची बनाएका छन् । 

प्रकाशित मिति : 6:06 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी