पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित



ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास) र सम्पादक खगेन्द्र अधिकारी पुरस्कृत हुनु भएको छ । सिदिङ्वा गाउँपालिकाले १९ औं गाउँसभा अधिवेशनबाट पन्दाक र अधिकारीलाई पत्रकारिताको माध्यमबाट स्थानीय सरकारलाई थप प्रभावकारी बनाउन भूमिका खेलेको भन्दै पुरस्कृत गरेको हो । 

पन्दाक उज्यालो पोष्ट दैनिकका प्रकाशक साथै गोरखापत्र दैनिक ताप्लेजुङ सम्वाददाता हुनुहुन्छ भने अधिकारी उज्यालो पोष्ट दैनिकका सम्पादक साथै नागरिक दैनिक ताप्लेजुङका सम्वाददाता हुनुहुन्छ । पन्दाक  र अधिकारीलाई जनही ५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको पालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रकाशक पन्दाक र सम्पादक अधिकारीलाई गाउँपालिकाले गाउँपालिकाका आधिकांश गतिविधिलाई प्रकाशन तथा प्रसारण गरेर पालिकाको गौरव र सेवा प्रवाह अभिवृद्धिका लागि खोजमूलक तथा समीक्षात्मक पत्रकारितामार्फत यस गाउँपालिकालाई जनउत्तरदायी र सेवाग्राही मैत्री बनाउन भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको हो ।

गाउँपालिकाले १९ औं गाउँसभा अधिवेशनमार्फत पन्दाक र अधिकारीसहित उत्कृष्ट कर्मचारी, उत्कृष्ट कृषक, उत्कृष्ट पशुपालक, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र पर्यटन प्रर्वद्धनमा उल्लेखनीय योगदान दिने पर्यटन अभियन्ताहरूलाई समेत पुरस्कृत तथा सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:05 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित