आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान



ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी आर्थिक वर्षका लागि वडागत बजेट सिलिङ निर्धारण गरेका छन् । आठराई त्रिवेणी गाउँपालिकाले अघिल्लो वर्षको तुलनामा बजेट सिलिङ बढाएको छ भने मैवाखोला गाउँपालिकाले सबै वडालाई समान बजेट उपलब्ध गराउने नीति कायम राखेको छ ।

आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) का अनुसार कार्यपालिका बैठकले वडा नं. २ फुलवारी र वडा नं. ३ हाङपाङलाई समान ४०–४० लाख रुपियाँ बजेट सिलिङ प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी वडा नं। १ निघुरादिन, वडा नं. ४ चाँगे र वडा नं. ५ चाँगेलाई समान ३०–३० लाख रुपैयाँ बजेट सिलिङ तोकिएको छ ।

गत आर्थिक वर्षमा हाङपाङ र फुलवारीले ३२–३२ लाख रुपियाँ सिलिङ पाएका थिए भने निघुरादिनले २५ लाख र चाँगेका दुवै वडाले २४–२४ लाख रुपियाँ बजेट सिलिङ प्राप्त गरेका थिए । यस वर्ष सबै वडाको सिलिङ वृद्धि गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष पोमूका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट असार १० गते सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । सोही अवसरमा वडागत योजनासहित समग्र विकास कार्यक्रम प्रस्तुत गरिने तयारी रहेको छ ।

यता, मैवाखोला गाउँपालिकाले भने अघिल्लो वर्षझैँ यस वर्ष पनि सबै वडालाई समान बजेट सिलिङ उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकाका ६ वटै वडालाई ५९ लाख रुपियाँका दरले बजेट सिलिङ प्रदान गरिएको हो ।

उहाँका अनुसार प्रत्येक वडालाई कार्यक्रमतर्फ ५५ लाख रुपियाँ र प्रशासनिक खर्चका लागि ४ लाख रुपैयाँ गरी कुल ५९ लाख रुपियाँ विनियोजन गरिएको छ। स्रोत र सम्भावनाका आधारमा सबै वडालाई समान अवसर प्रदान गर्ने उद्देश्यले समान सिलिङको व्यवस्था गरिएको अध्यक्ष वनेमले बताउनुभयो ।

अध्यक्ष वनेमले कुनै पनि वडामाथि राजनीतिक आधारमा विभेद नगरिएको उल्लेख गर्नुभएको छ । अध्यक्षको दल वा विपक्षी दलबाट निर्वाचित जनप्रतिनिधि रहेको आधारमा बजेट बाँडफाँड नगरिएको भन्दै उहाँले उपलब्ध स्रोतको अधिकतम उपयोग गरी सबै वडाको समुचित विकासमा ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : 6:16 am

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी