पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 



सौगत विष्ट
ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई वेल्डिङ मेसिन वितरण गरेको छ । राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले वेल्डिङ मेसिन वितरण गरेको हो ।  

गाउँपालिकाका ४ जना उद्यमीलाई व्यवसाय सञ्चालन तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने उद्देश्यले वेल्डिङ मेसिन हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष केशर सुब्बाले बताउनुभयो । उहाँका अनुसार उक्त उपकरणले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न तथा विदेशबाट फर्किएका युवाहरूको सीपलाई स्वदेशमै लगानी गरि आफ्नै ठाउँमा आयआर्जन गर्ने अवसर विस्तार हुने अपेक्षा गरिएको छ । 

गाउँपालिकाले आगामी दिनमा समेत स्थानीय उद्यम विकास, सीप उपयोग तथा रोजगार प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : 6:15 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा