पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन




ताप्लेजुङ, असार ३ गते ।
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा साढे ४६ लाख बढी भेटी सङ्कलन भएको छ । जेठ महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार जेठमा भक्तजनहरूले ४६ लाख ६० हजार ६०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । यो सहित चालु आर्थिक वर्षमा चार करोड ४९ लाख ३१ हजार २०० रुपियाँ भेटी दर्शनाथीले मन्दिरमा चढाएका छन् । बैशाखमा मात्रै १ करोड बढी भेटी संकलन भएको समितिको तथ्याङ्कमा उल्लेख छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक साता सम्मको संलकन गरि फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरि समितिले व्यवस्थापन गरेको छ ।

मंगबार सार्वजनिक तथ्याङ्क अनुसार जेठमा ८ हजार ३८७ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर आएका छन् । यो सहित चालु आवको ११ महिनामा एक लाख ८८ हजार ६९३ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

प्रकाशित मिति : 6:38 am

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण