ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 



सौगात विष्ट
ताप्लेजुङ, असार २ गते ।
महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ताप्लेजुङमा सिजनल सयपत्री फूल खेती तालिम सुरु भएको छ । सामाजिक न्यायको लागि महिला सञ्जाल ताप्लेजुङको आयोजनामा फूल खेती तालिम सुरु भएको हो । 

तालिममा जिल्लाका विभिन्न क्षेत्रका महिलाहरूको सहभागिता रहेको छ। तालिममार्फत सहभागी महिलाहरूलाई सयपत्री फूलको व्यावसायिक खेती, उत्पादन व्यवस्थापन, बजार व्यवस्थापन लगायतका विषयमा तालिम प्रदान गरिने महिला सञ्जाल ताप्लेजुङले जनाएको छ । महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने तथा व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

 तालिमपछि सहभागी महिलाहरूले आफ्नै घर तथा खेतबारीमा फूल खेती गरी अतिरिक्त आम्दानी गरि महिला स्वरोजगार बन्ने विश्वास गरिएको छ । प्रमुख अतिथि फुङलिङ नगरपालिकाका नगर उपप्रमुख भीमा देवी ओझा,  विशिष्ट अतिथि घरेलु तथा साना उद्योग कार्यालय प्रमुख  लक्ष्मी सुहाङ र अन्य अतिथिहरूको उपस्थितिमा कार्यक्रमको उद्‌घाटन गरिएको थियो ।

फुङ्लिङ नगरपालिकाको आर्थिक सहयोग र हस्तकला सङ्घ ताप्लेजुङको समन्वय कार्यक्रमको सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : 6:07 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी