फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात



ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक प्रविधिमैत्री शिक्षाको अभ्यास सुरु गर्दै शैक्षिक क्षेत्रमा नयाँ पहल थालेको छ। गाउँपालिकाले हाल सिवा माध्यमिक विद्यालय र सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा पाइलट कार्यक्रमका रूपमा डिजिटल तथा प्रविधिमा आधारित शिक्षण प्रणाली लागू गर्न थालेको हो ।

गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० का अनुसार विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि तथा डिजिटल शिक्षाको प्रयोग बढ्दै गएको सन्दर्भमा स्थानीय तहमा पनि समयानुकूल शिक्षण प्रणाली विकास गर्न यो अभियान अघि बढाइएको हो । कार्यक्रमलाई अष्ट्रेलियास्थित हिमालयन डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलिया ९एचडिएफए० को आर्थिक सहयोग तथा पास नेपालको समन्वय र कार्यान्वयनमा सञ्चालन गरिएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

प्रविधिमैत्री शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक शिक्षक तालिमसमेत सुरु गरिएको छ। तालिममार्फत शिक्षण सिकाइ प्रक्रियामा डिजिटल माध्यमको प्रयोग, आधुनिक शैक्षिक सामग्रीको उपयोग तथा विद्यार्थीहरूको सिर्जनशीलता र क्षमता अभिवृद्धिमा जोड दिइने जनाइएको छ ।

गाउँपालिकाले दुई विद्यालयबाट सुरु गरिएको यो कार्यक्रम आगामी दिनमा पालिकाभित्रका सबै विद्यालयमा विस्तार गर्ने लक्ष्य लिएको अध्यक्ष लिम्बूको भनाई छ । स्थानीय सरकारले प्रविधिको पहुँचसँगै विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने, सिर्जनशील र आत्मविश्वासी नागरिकका रूपमा विकास गर्ने उद्देश्य राखेको जनाएको छ ।

गाउँपालिकाले शिक्षामा गरिएको लगानीलाई समाजको दीर्घकालीन समृद्धिको आधारका रूपमा व्याख्या गर्दै आधुनिक प्रविधिसँग जोडिएको शिक्षा प्रणाली निर्माण गर्नु भविष्य निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गरेको छ ।

फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात गर्दै शैक्षिक रूपान्तरणतर्फ महत्वपूर्ण कदम चालेको स्थानीयवासी तथा शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् ।

प्रकाशित मिति : 9:18 pm

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा

आठराई त्रिवेणीमा सम्पन्न निःशुल्क दन्त शिविरबाट दुई सय ५६ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका