रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 



ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो सुरु माग गर्दै ताप्लेजुङमा विकास प्रेमी अगुवाहरूले वृहत् शान्ति ¥याली गरेका छन् । जिल्लामा सञ्चालन तथा निर्माणाधीन विकास आयोजनाहरू साथै रोकिएको केबलकार परियोजनालाई शीघ्र सम्पन्न गराउन सम्बन्धित निकायलाई दबाब दिन विकास प्रेमी अगुवाहरूले वृहत् शान्ति ¥याली निकालेका हुन् । 

ताप्लेजुङका विकास प्रेमी तथा नागरिक अगुवाहरूले निकालेको ¥याली सदरमुकाम फुङलिङस्थित वीरेन्द्रचोकबाट सुरु भएको थियो । आइतबार बिहान ११ बजे प्रारम्भ भएको ¥यालीले बजार परिक्रमण गरि विरेन्द्रचोकमा पुगी कोण सभामा परिणत भएको थियो । 

जिल्लाको समग्र विकाससँग जोडिएका महत्वपूर्ण आयोजनाहरू समयमै सम्पन्न हुनुपर्ने माग राख्दै शान्तिपूर्ण दबाबमूलक ¥याली निकालिएको विकास प्रेमी नागरिक समाजले जनाएको छ । विकास निर्माणका काममा देखिएका ढिलासुस्ती अन्त्य गरी जनताले अपेक्षा गरेका आयोजनाहरू छिटो सम्पन्न गर्न सरकार तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने उद्देश्यले ¥याली आयोजना गरिएको बताइएको छ । 

कोण सभालाई फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन सहित विभिन्न व्यक्तित्वहरुले सम्बोधन गर्नुभएको थियो । 

प्रकाशित मिति : 5:55 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ