रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 



ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो सुरु माग गर्दै ताप्लेजुङमा विकास प्रेमी अगुवाहरूले वृहत् शान्ति ¥याली गरेका छन् । जिल्लामा सञ्चालन तथा निर्माणाधीन विकास आयोजनाहरू साथै रोकिएको केबलकार परियोजनालाई शीघ्र सम्पन्न गराउन सम्बन्धित निकायलाई दबाब दिन विकास प्रेमी अगुवाहरूले वृहत् शान्ति ¥याली निकालेका हुन् । 

ताप्लेजुङका विकास प्रेमी तथा नागरिक अगुवाहरूले निकालेको ¥याली सदरमुकाम फुङलिङस्थित वीरेन्द्रचोकबाट सुरु भएको थियो । आइतबार बिहान ११ बजे प्रारम्भ भएको ¥यालीले बजार परिक्रमण गरि विरेन्द्रचोकमा पुगी कोण सभामा परिणत भएको थियो । 

जिल्लाको समग्र विकाससँग जोडिएका महत्वपूर्ण आयोजनाहरू समयमै सम्पन्न हुनुपर्ने माग राख्दै शान्तिपूर्ण दबाबमूलक ¥याली निकालिएको विकास प्रेमी नागरिक समाजले जनाएको छ । विकास निर्माणका काममा देखिएका ढिलासुस्ती अन्त्य गरी जनताले अपेक्षा गरेका आयोजनाहरू छिटो सम्पन्न गर्न सरकार तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने उद्देश्यले ¥याली आयोजना गरिएको बताइएको छ । 

कोण सभालाई फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन सहित विभिन्न व्यक्तित्वहरुले सम्बोधन गर्नुभएको थियो । 

प्रकाशित मिति : 5:55 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था