विश्व वातावरण दिवसमा नागी पाखामा वृक्षरोपण



ताप्लेजुङ, जेठ २३ गते । विश्व वातावरण दिवसको अवसरमा मेरिङदेन गाउँपालिका–६ नाल्बुको नागी पाखा (हाङलुङ पार्क र थामटार) क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विभिन्न प्रजातिका २ हजार ७ सय ७० वटा लालीगुँरासका बिरुवा रोपिएका छन् ।

वडा अध्यक्ष मनोजकुमार तुम्बाहाङ्फेको संयोजनमा सम्पन्न कार्यक्रममा मेरिङदेन गाउँकार्यपालिका सदस्य पासाङ छिरिङ शेर्पा, वडा सदस्य भिमकुमार शेर्पा, गाउँपालिकाका निवर्तमान प्रवक्ता सूर्य बराइली लगायत स्थानीय युवा तथा अग्रज व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तर्गत नागी पाखा क्षेत्रलाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित लालीगुँरासका बिरुवा रोपिएको स्थानी योगेन नाल्बो लिम्बूले जानकारी दिनुभयो । लालीगुँरास नेपालको राष्ट्रिय फूल समेत भएकाले यसले वातावरण संरक्षणसँगै स्थानीय जैविक विविधता प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

वृक्षरोपण कार्यक्रमका लागि करिब एक लाख ५० हजार रुपैयाँ बराबरको लागत अनुमान गरिएको छ । सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा पर्यटन विकासका लागि यस्ता अभियान आवश्यक रहेको बताएका छन् ।

आयोजकका अनुसार नागी पाखा क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्दै पर्यटक आकर्षित गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियान आगामी वर्षहरूमा समेत नियमित रूपमा सञ्चालन गरिनेछ । यसले वातावरणीय संरक्षणसँगै स्थानीय आर्थिक तथा पर्यटन गतिविधि प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : 6:31 am

विश्व वातावरण दिवसमा नागी पाखामा वृक्षरोपण

ताप्लेजुङ, जेठ २३ गते । विश्व वातावरण दिवसको अवसरमा मेरिङदेन

युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु

ताप्लेजुङ, जेठ २३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको

दलित पत्रकार तथा उत्कृष्ट विद्यार्थी सम्मानित

ताप्लेजुङ, जेठ २३ गते । २० औँ जातीय भेदभाव तथा

फागो चोङ्बाङ परिवारद्वारा सायम्वाहाङ धर्मशाला पार्टी पुन निर्माण

ताप्लेजुङ्, जेठ २३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुमा सायम्वाहाङ

हुरीबतासका कारण तीन लाखको क्षति

ताप्लेजुङ, जेठ २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा हुरीबतासका