हुरीबतासका कारण तीन लाखको क्षति



ताप्लेजुङ, जेठ २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा हुरीबतासका कारण रूख ढलेर घरमा क्षति पुग्दा तीन लाख बराबरको नोक्सानी भएको छ । मङ्गलबार साँझ वर्षा सहित आएको हुरीबतासका कारण रूख ढलेर स्थानीय अनिता सुब्बाको घरको छानो भत्किँदा ३ लाख बराबरको क्षति भएको हो ।

सुब्बाको जस्तापाता र ढुङ्गामाटोको घरको छाना रूख ढलेर किचेको फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष मदन गुरुङ (तेज) ले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सोमराज गुरुङको घरको लाफी तथा स्थानीय भक्त घतानीको बस्तु गोठ समेत हावाले उडाएको छ ।

यसैगरी स्थानीय खाण्डुक शेर्पाको किचनको छाना उडाएको छ । हावाहुरीका कारण जिल्लाका बिभिन्न स्थानमा बालीनालीमा क्षति तथा विद्युत समेत अवरुद्ध भएको हो ।

प्रकाशित मिति : 6:07 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी