ताप्लेजुङ, जेठ ८ गते । ताप्लेजुङका ९ जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । अन्तराष्ट्रिय जैविक विविधता दिवस २०८३ को अवसरमा जिल्लाका उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको हो ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङले शुक्रबार एक कार्यक्रमको आयोजना गरि जिल्लाका ९ स्थानीय तहका एक–एक गरी जम्मा ९ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । सम्मान हुनुहुनेहरुमा फुङलिङ नगरपालिकाका डम्बरध्वोज गुरुङ रहनुभएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मैवाखोला गाउँपालिकाका दानुपु शेर्पा, सिदिङ्वाका जिवन कडरीया, आठराई त्रिवेणीका जनार्दन प्रसाईँ, मिक्वाखोलाका पदम कुमार लिम्बू, पाथीभरा याङवरकका राज कुमार लिम्बू, मेरिङदेनका चन्द्र प्रसाद लिम्बू र फक्ताङलुङका मनहाङ लिम्बू सम्मानीत हुनुभएको छ ।
उहाँहरूलाई प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । सम्मान कार्यक्रम सँगै जैविक विविधता सम्बन्धी गोष्ठी समेत सम्पन्न भएको थियो ।






प्रतिक्रिया