सौगात विष्ट
ताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गोलिया काठ निकसिमा रोक लगाएको छ । पालिकाले बुधबार एक सुचना जारी गर्दै २०८३ जेष्ठ १५ गते देखि अर्को सुचना जारी नभए सम्म लागु हुने गरी गोलिया काठ निकासी, ढुवानी र ओसारपसार गर्नमा रोक लगाइएको उल्लेख गरिएको छ ।
वर्षातको समयमा यातायात नै अवरुद्ध हुनेगरी सडकहरु बिग्रने र भत्किने भएकाले गोलिया निकासी र ढुवानी गर्न रोक लगाएको याङवरक गाउँपालिका अध्यक्ष केसर कुमार सुब्बाले बताउनु भयो । पालिकाले प्रतिबन्ध अर्थात रोक लगाएपछि गोलिया निकासी तथा ओसारपसार गरेको पाइएमा कारबाही हुने चेतावनीसमेत दिएका छन् ।
पालिकाको विभिन्न क्षेत्रमा उत्तिस, चिलाउने, मलातोलगायत प्रजातिको गोलिया काठ स्टक गरि राखिएको छ । यस्तै यस अघि ताप्लेजुङका अन्य स्थानिय तहहरुले समेत गोलिया काठ ढुवानी निकासीमा पुर्ण रोक लगाई सकेका छन् ।






प्रतिक्रिया