पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक



सौगात विष्ट
ताप्लेजुङ, जेठ ६ गते ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गोलिया काठ निकसिमा रोक लगाएको छ । पालिकाले बुधबार एक सुचना जारी गर्दै २०८३ जेष्ठ १५ गते देखि अर्को सुचना जारी नभए सम्म लागु हुने गरी गोलिया काठ निकासी, ढुवानी र ओसारपसार गर्नमा रोक लगाइएको उल्लेख गरिएको छ ।

वर्षातको समयमा यातायात नै अवरुद्ध हुनेगरी सडकहरु बिग्रने र भत्किने भएकाले गोलिया निकासी र ढुवानी गर्न रोक लगाएको याङवरक गाउँपालिका अध्यक्ष केसर कुमार सुब्बाले बताउनु भयो । पालिकाले प्रतिबन्ध अर्थात रोक लगाएपछि गोलिया निकासी तथा ओसारपसार गरेको पाइएमा कारबाही हुने चेतावनीसमेत दिएका छन् ।

पालिकाको विभिन्न क्षेत्रमा उत्तिस, चिलाउने, मलातोलगायत प्रजातिको गोलिया काठ स्टक गरि राखिएको छ । यस्तै यस अघि ताप्लेजुङका अन्य स्थानिय तहहरुले समेत गोलिया काठ ढुवानी निकासीमा पुर्ण रोक लगाई सकेका छन् ।

प्रकाशित मिति : 4:47 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ