केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 



ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा मङ्गलबार कार्यक्रम सम्पन्न भएको हो । 

यस अघि केबलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विभिन्न चरणका सङ्घर्षको कार्यक्रम घोषणा गरेको थियो । सोही घोषित कार्यक्रम अनुसार मङ्गलबार विभिन्न राजनीतिक दलसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ । 

अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले मुक्कुम्लुङलाई आदिवासी याक्थुङ लिम्बू समुदायको आस्था, मुन्धुमी परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको पवित्र स्थलका रूपमा व्याख्या गर्दै त्यहाँ केबलकार निर्माण गरिनु समुदायको मौलिक अस्तित्वमाथिको हस्तक्षेप भएको बताएका थिए। उहाँहरूले विकासका नाममा धार्मिक तथा सांस्कृतिक सम्पदामाथि असर पुग्ने गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

छलफलका क्रममा सहभागीहरूले स्थानीय समुदायको भावना र ऐतिहासिक महत्वलाई बेवास्ता गरेर परियोजना अघि बढाइनु उचित नहुने धारणा राखेका थिए । मुक्कुम्लुङ क्षेत्रको संरक्षणका लागि सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको उहाँहरूको भनाई छ ।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरूले मुक्कुम्लुङ संरक्षण अभियानलाई थप सशक्त बनाउँदै केबलकार परियोजना खारेजीका लागि साझा रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार जेठ ९ गते विभिन्न सङ्घ संस्थासँग अन्तरक्रिया, जेठ ११ गते कालो झन्डासहित कोणसभा, जेठ १६ गते फुङ्लिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र जेठ १७ गते मुक्कुम्लुङ क्षेत्रमा वृक्षरोपणसहित विरोध प्रदर्शन गरिने छ।

प्रकाशित मिति : 6:06 am

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा

केबलकार विरोधी आन्दोलन फिर्ता लिन आग्रह

ताप्लेजुङ, जेठ २ गते । पाथीभरा देवी (मुकुम्लुङ) केबलकार आयोजनाको

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

ताप्लेजुङ, जेठ १ गते । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग