मैवाखोला गाउँपालिकामा एकीकृत घुम्ती सेवा शिविरबाट ५ हजार बढीले लिए सेवा



ताप्लेजुङ, वैशाख ३१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एकीकृत घुम्ती सेवा मार्फत ५ हजार बढी सेवाग्राहीले सेवा लिएका छन् । पालिकाको छ वटा वडाका ५ हजार २४ सेवाग्राहीहरुले सेवा लिएका हुन् ।

पालिकाको कार्यालयमार्फत प्रदान हुँदै आइरहेको सेवा हरेक वडामा नागरिकलाई प्रदान गरि सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार गत वैशाख २१ गतेबाट सुरु भएको घुम्ती सेवा शिविरमा पालिकाको आयुर्वेद तथा औषधालय सहित १४ ओटा शाखाले सेवाग्राहीलाई सेवा प्रदान गरेको हो ।

त्यस्तै सोही शिविरमार्फत सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्नुका साथै नागरिकको गुनासो, राय, तथा सुझाव ग्रहणका लागि नेपाल पत्रकार महासङ्घ ताप्लेजुङको सहजिकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत सञ्चालन गरिएको थियो । शिविरमा वडा नं. १ का ८८३, वडा नं. २ का ८३८, वडा नंं. ३ का ८२६, वडा नं. ४ का ८२३, वडा नं. ५ का ८३० र वडा नं. ६ का ८२४ जना नागरिकले सेवा लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी माया गोम्देनले जानकारी दिनुभयो ।

घण्टौँ समय खर्चिएर पालिकासम्म पुगेर लिइने सेवा आ–आफ्नो वडामा आउँदा सेवाग्राहीको चाप समेत बढी भएको अध्यक्ष वनेमले बताउनुभयो । अध्यक्ष वनेमका अनुसार नागरिकलाई स्थानीय सरकार रहेको अनुभुति गराउन टोलटोल पुगेर शिविरमार्फत सेवा प्रदान गरिएको हो । शिविरको अन्तिम दिन बुधबार पालिकाको केन्द्र रहेको ३ नं. वडा साँघुस्थित श्री नारायणी माध्यमिक विद्यालयको खेलमैदानमा सेवा सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : 6:08 am

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर

फुङलिङ नगरपालिकाद्वारा आधिकारिक लोगो छनोट 

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो आधिकारिक

सङ्घीयता कार्यान्वयन र विकासमा जोड दिन सांसद क्षितिज थेबेको आग्रह

ताप्लेजुङ, असार १६ गते । प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले संविधानको