गौवध मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ 



ताप्लेजुङ, वैशाख ३० गते । गौवध मुद्दामा अदालतबाट दोषी ठहर भई सात वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीको नाम गोप्य राखिएको छ ।

उनी फुङ्लिङ नगरपालिका–३ निवासी ३२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार ताप्लेजुङ जिल्ला अदालतको २०७६ जेठ १६ गतेको फैसलाले ६ महिना कैद सजाय सुनाइएका ती प्रतिवादी फरार रहेका थिए । 

बाँकी कैद असुल गर्न खोजतलास गर्ने क्रममा उनलाई फुङ्लिङ नगरपालिका–५ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 6:44 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन