गौवध मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ 



ताप्लेजुङ, वैशाख ३० गते । गौवध मुद्दामा अदालतबाट दोषी ठहर भई सात वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीको नाम गोप्य राखिएको छ ।

उनी फुङ्लिङ नगरपालिका–३ निवासी ३२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार ताप्लेजुङ जिल्ला अदालतको २०७६ जेठ १६ गतेको फैसलाले ६ महिना कैद सजाय सुनाइएका ती प्रतिवादी फरार रहेका थिए । 

बाँकी कैद असुल गर्न खोजतलास गर्ने क्रममा उनलाई फुङ्लिङ नगरपालिका–५ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 6:44 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य