तिनजुरे–मिल्के क्षेत्रमा दुईदिने पर्यटन तथा समन्वय कार्यक्रम हुँदै



ताप्लेजुङ, वैशाख २९ गते । तेह्रथुमको वसन्तपुरमा तिनजुरे–मिल्के–जलजले क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकास निर्माणमा समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित दुईदिने विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । “तिनजुरे मिल्के जलजले क्षेत्रको विकासमा सरोकारवालाहरूको हात, पर्यापर्यटन विकास र समृद्धिमा सबैको साथ” भन्ने नारासहित सोमबारदेखि सुरु हुने कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने भएको हो।

जिल्ला समन्वय समिति महासंघ नेपाल, कोशी प्रदेश कार्यसमितिको आयोजनामा हुने कार्यक्रममा कोशी प्रदेश सरकारको समन्वय तथा जिल्ला समन्वय समिति तेह्रथुमको व्यवस्थापन रहनेछ । कार्यक्रममा नववर्ष २०८३ को शुभकामना आदान–प्रदानसँगै गुराँस फुलेका डाँडाकाँडा, याक तथा चौरी पालन क्षेत्र र प्रसिद्ध गुफापोखरीको अवलोकन गरिनेछ । साथै प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन विकासका सम्भावनाबारे सरोकारवालाबीच छलफल हुने जनाइएको छ ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका जनप्रतिनिधिहरू सहभागी हुनेछन् । विकास निर्माणका कार्यलाई थप प्रभावकारी र वैज्ञानिक ढंगले अगाडि बढाउन संघीय, प्रादेशिक तथा स्थानीय तहबीच आवश्यक समन्वयका विषयमा समेत छलफल गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई थप आकर्षक बनाउन विभिन्न खेलकुद गतिविधि पनि समावेश गरिएको छ । जनप्रतिनिधिबीच डोरी तानातान प्रतियोगिता आयोजना गरिनेछ भने जिल्ला समन्वय समितिका सवारी चालकहरूबीच १०० मिटर दौड प्रतियोगिता सञ्चालन गरिनेछ । त्यस्तै गोलाप्रथामार्फत चार जना कर्मचारीलाई विशेष पुरस्कार प्रदान गरिने र सहभागी सबैलाई प्रमाणपत्रसहित सम्मान गरिने व्यवस्था गरिएको रोमन लिम्बूले जानकारी दिए ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेप को प्रमुख आतिथ्यतामा उद्घाटन हुने कार्यक्रमले तिनजुरे–मिल्के–जलजले क्षेत्रको पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 8:14 am

तिनजुरे–मिल्के क्षेत्रमा दुईदिने पर्यटन तथा समन्वय कार्यक्रम हुँदै

ताप्लेजुङ, वैशाख २९ गते । तेह्रथुमको वसन्तपुरमा तिनजुरे–मिल्के–जलजले क्षेत्रको पर्यटन

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम

ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु