मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 



ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा बिरालो बन्ध्याकरण शिविर शुरु गरेको छ । पालिकाले शुक्रबारबाट शिविर सुरु गरेको हो । 

शुक्रबार वडा नं.–१ थिङ्लाबू, २ सान्थाक्रा र ३ खाम्लुङको लागि पालिकाको केन्द्र सान्थाक्रामा शिविर सम्पन्न भएको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर पशु सेवा शाखा अन्तरगत सञ्चालन गरिएको हो । 

शिविरमा ५८ वटा कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको पशु सेवा शाखाले जनाएको छ । गाउँपालिकाले आवारा तथा घरपालुवा जनावरको अनियन्त्रित प्रजनन नियन्त्रण गर्दै रेविज जस्ता जोखिमयुक्त रोगको रोकथाम गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । 

शिविरमा अनुभवी प्राविधिक टोलीले जनावरहरूको स्वास्थ्य परीक्षण गरी सुरक्षित र व्यवस्थित रूपमा बन्ध्याकरण सेवा प्रदान गरिएको अध्यक्ष हाङ्गामको भनाई छ ।  पशु सेवा शाखाका अनुसार यस्ता कार्यक्रमले जनावरको सङ्ख्या नियन्त्रण गर्न सहयोग पु¥याउने मात्र नभई मानव स्वास्थ्यमा पर्ने सम्भावित जोखिम न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले शनिबार ४ र ५ साथै आइतबार ६ नं. वडामा शिविर सञ्चालन गर्ने जानकारी दिएको छ । 

प्रकाशित मिति : 6:13 am

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको