मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने



ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग नियन्त्रणका लागि सामुदायिक तथा घरपालुवा भाले–पोथी कुकुरहरूको निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने भएको छ । शिविर वैशाख १८, १९ र २० गते तीन दिनसम्म विभिन्न वडामा सञ्चालन हुने भएको हो ।

गाउँपालिकाका अनुसार वैशाख १८ गते वडा नम्बर १, २ र ३ का कुकुरहरूको बन्ध्याकरण मेरिङदेन गाउँपालिकाको कार्यालय परिसर सान्थाक्रा पन्द्रेणी चौरमा गरिनेछ । यस्तै वैशाख १९ गते वडा नम्बर ४ र ५ का लागि सोही स्थानमा शिविर सञ्चालन हुनेछ। वैशाख २० गते वडा नम्बर ६ का कुकुरहरूको बन्ध्याकरण नाल्बु वडा कार्यालयमा गरिने कार्यक्रम तय गरिएको छ ।

गाउँपालिकाले नजिकका कृषक तथा सर्वसाधारणलाई आफ्ना कुकुर आफैंले शिविर स्थलसम्म ल्याउन अनुरोध गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्र रेविज रोगको जोखिम न्यूनीकरण गर्न र सामुदायिक कुकुरहरूको व्यवस्थापनलाई प्रभावकारी बनाउन शिविर आयोजना गरिएको जनाएको छ ।

गाउँपालिकाले सबै पशुपालक तथा स्थानीयवासीलाई शिविरको लाभ लिन आग्रह गरेको छ ।

प्रकाशित मिति : 6:25 am

तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भदौ २४ गते, पुरस्कार राशि वृद्धि

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष