अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह



ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी सञ्चालनमा रहेका उद्योग, व्यापार, पेशा तथा अन्य व्यावसायिक कारोबारलाई अनिवार्य रूपमा दर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुद्वारा एक सूचना जारी गर्दै १५ दिनभित्र सम्बन्धित व्यवसायी, फर्म वा कम्पनीले नगरपालिकाको कार्यालयमा निवेदन दिन आग्रह गरेको हो ।
 
नगरपालिकाले स्थानीय तहभित्र सञ्चालनमा रहेका सबै व्यवसायलाई कानुनी दायरामा ल्याई राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालिएको जनाएको छ । जारी सूचनाअनुसार तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआउने व्यवसायी माथि व्यवसाय कर सम्बन्धी निर्देशिका २०७८ को दफा १६ अनुसार कानुनी कारबाही गरिनेछ।

नगरपालिकाले व्यवसाय कर असुलीका लागि करदाताले पाउने रकमबाट कट्टा गर्ने, बैङ्क तथा वित्तीय संस्थामा रहेको रकम रोक्का गर्ने, कारोबार रोक्का गर्ने, चल–अचल सम्पत्ति रोक्का गर्ने वा लिलामी गरी कर असुल गर्ने सम्मको प्रक्रिया अघि बढाउन सकिने जनाएको छ। आवश्यक परे व्यवसाय बन्दको कारबाही समेत गर्न सकिने चेतावनी सूचनामा दिइएको छ। 

व्यवसाय दर्ताका लागि व्यवसायीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित निकायबाट प्राप्त व्यवसाय दर्ता तथा इजाजतपत्रको प्रतिलिपि, वडा कार्यालयको सिफारिस वा सरजमिन मुचुल्का, व्यवसाय सञ्चालनमा रहेको अवधि खुल्ने कागजात, घरधनी प्रमाणपत्र वा बहाल सम्झौता तथा दुई प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। 

गैर नेपाली नागरिकका हकमा सम्बन्धित देशको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ। नगरपालिकाले यस अभियानमार्फत स्थानीय तहभित्र रहेका सबै व्यवसायलाई कर प्रणालीमा समेट्दै पारदर्शी र व्यवस्थित आर्थिक गतिविधि सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ। नगर क्षेत्रभित्र सञ्चालनमा रहेका तर दर्ता नभएका व्यवसायीलाई तोकिएको समयसीमाभित्र प्रक्रिया पूरा गरी व्यवसाय वैधानिक बनाउन नगरपालिकाले आग्रह गरेको छ।

प्रकाशित मिति : 10:51 am

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर

मेरिङदेनका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य

ताप्लेजुङ, बैशाख १० गते । मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र

सुकेपानीमा बेलिब्रिज निर्माणका लागि १५ दिन सवारी आवतजावत बन्द

ताप्लेजुङ, बैशाख १० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अन्तर्गत तमोर