पाथीभरा दर्शनको क्रममा बालकको मृत्यु



ताप्लेजुङ, चैत्र ९ गते । पाथीभरा दर्शनको क्रममा बिरामी भएका बालकको उपचारको सिलसिलामा मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका २ का स्थानीय हरी श्रेष्ठको करिब ३० महिनाको छोरा सोहन श्रेष्ठको मृत्यु भएको हो ।

३ हजार ७ सय ९४ मिटरको उचाइमा अवस्थित पाथीभराको दर्शन गर्ने क्रममा बालकको स्वास्थ्यमा अचानक समस्या निम्तिएको पारिवारिक श्रोतले जनाएको छ । बालकको स्वास्थ्यमा समस्या देखिएपछि दिउँसो ३ बजे थप उपचारको लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक ९डिएसपी० वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा भर्ना गरि उपचारको क्रम दिउँसो ३ बजेर २० मिनेटमा बालकको मृत्यु भएको चिकित्सकले पुष्टि गरेको प्रहरीको भनाइ छ । मृतक बालकलाई केही समय अगाडिदेखि निमोनियाको समस्याको रहेको पारिवारिक श्रोतको भनाइ रहेको प्रहरीले बताएको छ । बालकलाई सुरुमा वान्ता आउने लगायतको समस्या देखिएको बताइएको छ ।

पाथीभरा क्षेत्रमै लाखबत्ती बालिएको आगोबाट सेकाउने लगायतको कार्यमा व्यस्त हुँदा समयमै उपचार नपाएर बालकको मृत्यु हुन सक्ने अनुमान गरिएको बताइएको छ । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ ।


उच्च हिमाली क्षेत्रमा प्रस्थान गर्दा वान्ता हुने लगायतका समस्या देखिए तत्काल कम उचाइ भएको क्षेत्रमा बिरामीलाई झार्दा मृत्यु हुने सम्भावना कम हुने चिकित्सकको भनाइ छ ।

प्रकाशित मिति : 7:06 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन